संगालोखबर


झापा । झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आज बिहान १०ः४५ बजे चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा आगलागी भएको हो ।

आगलागीबाट सुनचाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य विभिन्न सामग्रीसहित र घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । स्थानीय, प्रहरी तथा मेचीनगर नगरपालिकाका दुईवटा दमकलको सहयोगमा बिहान ११ः४० बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!