
धनकुटा । धनकुटा नगरपालिका-१ हिलेस्थित बुद्धचोकबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
बुधबार साँझ करिब ५ बजे ३८० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–१ का २९ वर्षीय अनिल घिसिङ पक्राउ परेका हुन् ।
धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारीका अनुसार चेकजाँच गर्ने क्रममा तामाङको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको हाे ।
प्लास्टिकमा प्याक गरेको अवस्थामा ६ वटा पोकाबाट ३८० मिलिग्राम ब्राउन सुगर बरामद भएकाे उनले बताए। उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएकाे छ ।
जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरिएकाे प्रहरीले जनाएकाे छ ।

संगालोखबर 
















