संगालोखबर


कैलाली । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाई बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिकले कारबाही गरेको हो ।

भिडियो सार्वजनिक भएसँगै मुख्यमन्त्री शाहको चौतर्फी आलोचना भएको थियो । ट्राफिक अधिकारीले मुख्यमन्त्री निवासमै पुगेर चिट काटेका छन् । शाहलाई थमाइएको चिटमा ‘हेलमेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।

Advertisement

शाहलाई ५०० रुपैयाँ जरिवाना गरिएको छ । शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको बताए । पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उल्लेख गर्दै उनले ट्राफिक नियमको पालना गर्न सबै नागरिकलाई आग्रह गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!