संगालोखबर
सांकेतिक तस्वीर

सिराहा । सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सास्थित भित्री सडक खण्डमा स्कुल बसले किच्दा पाँच वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पायोनियर एजुकेशन एकेडेमीमा अध्ययनरत ५ वर्षीया समीक्षाकुमारी साह र बसका सहचालक २५ वर्षीय ओमप्रकाश यादवको मृत्यु भएको हो ।

Advertisement

विद्यार्थीलाई घर छाडेर विद्यालयतर्फ फर्किदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसले मंगलबार अपरान्ह ४ः१५ बजेतिर बालिकालाई झारेर अगाडि बढ्ने क्रममा पछाडिको चक्काले किचेको थियो ।

सप्तरीको बोधेबरसाइन नगरपालिका-८ काचन घर भएकी बालिका हाल मावली लक्ष्मीपुरपतारी-२ पर्सामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार सहचालक सिराहाको लहान नगरपालिकाका बासिन्दा हुन् ।

बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!