संगालोखबर


धनकुटा । धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि तालिम दिइएको छ । विपद् सूचक तथा स्थानीय र नगर प्रहरीहरू गरी जम्मा २० जनालाई तालिममा दिइएको हो ।

तालिममा १३ जना पुरुष र ७ जना महिला सहभागि थिए । तालिममा विपद्को परिचय, बाढी पहिरो तथा पानीजन्य विपद्मा खोज, उद्धार, भूकम्प, आगलागी नियन्त्रण तथा सुरक्षा सम्बन्धी जानकारी गराइएका सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाद सिग्देलले जानकारी दिए ।

Advertisement

यस्तै भत्केका संरचनाहरूमा खोज तथा उद्धार, प्राथमिक उपचार, गाँठोको प्रकार तथा प्रयोग विधि सम्बन्धी विषयहरूमा प्रशिक्षण दिइएको थियो । स्थानीय समुदाय र सुरक्षा निकायबीचको सहकार्यले विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ ।

समुदायस्तरमै दक्ष स्वयंसेवक समूह तयार पारेर आपतकालीन अवस्थामा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षा सहित तालिम दिइएको सिग्देलले बताए । यसबाट सशस्त्र प्रहरीले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सुरक्षा निकायबीचको समन्वय अपरिहार्य रहेको सिग्देलले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली (सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नंं. ६ गुल्म हेड क्वाटर छिन्ताङ धनकुटाको संयुक्त आयोजनामा तालिम दिइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!