
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-८ सुनवालुवास्थित सोनवर्षा जंगलमा पुरुषको शव फेला परेको छ । मृतक पुरुषको परिचय खुल्न बाँकी छ ।
सोमबार साँझ करिब ७ः३० बजे जंगलमा मानिस मृत फेला परेको भनेर प्रहरीलाई जानकारी आएको थियो । जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरेर शवलाई जिल्ला अस्पताल धनकुटामा ल्याएको छ ।
प्रहरीका अनुसार मृतक पुरुष पहाडे मूलका र ४०/४५ वर्ष उमेरका हुन् । ‘सडेको अवस्थामा शव फेला परेको छ’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले संगालोखबरसँग भने, ‘मृतकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।’

मृतक पुरुषले विद्यालय कर्मचारीले लगाउने कपडाको पाइन्ट लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 
















