संगालोखबर


धनकुटा । धनकुटामा पत्रकारलाई धम्की दिएको आरोपमा पक्राउ परेका पर्शुराम कार्की धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत धनकुटाले शुक्रबार कार्कीलाई ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आदेश बमोजिम धरौटी बुझाएपछि उनी रिहा भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-७ आन्द्रुङका कार्कीलाई प्रहरीले गत बुधबार उनकै निवासबाट पक्राउ गरेको थियो ।

Advertisement

पक्राउपछि प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । गत असार ४ गते रेडियो धनकुटाको आधिकारिक अनलाइन पोर्टलमा प्रकाशित समाचारका विषयमा कार्कीले पत्रकार गोपाल बराइलीलाई सामाजिक सञ्जालमार्फत जातीय गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।

धम्कीपछि पत्रकार बराइलीले जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएका थिए । जाहेरीमा कार्कीले आफू र आफ्नो परिवारलाई लक्षित गर्दै डर, त्रास र मानसिक दबाब सिर्जना गर्ने उद्देश्यले धम्कीपूर्ण सन्देश पठाएको उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!