
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन मेजर टोलबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ६ः३० बजे प्लाष्टिकले बेरेर राखिएको अवस्थामा गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजाको तौल ६२ किलो रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।
गाँजा कसले कहाँ लैजान लागेको भन्ने खुल्न बाँकी छ । गाँजा तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

संगालोखबर 



















