
झापा । झापामा सर्पले डसेर एक जना वृद्धाको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका-४ बाइसे टोलकी अन्दाजी ८८ वर्षीया पञ्चमाया शेर्पाको मृत्यु भएको हो ।
पञ्चमायालाई कुखुराको खोर लगाउने क्रममा आइतबार साँझ विषालु सर्पले डसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुखुराको खोर लगाउने क्रममा खोरको छेउमा रहेको इँटाको चाङबाट निस्किएको सर्पले उनको दाहिने हातको माझी औंलामा टोकेको थियो ।
उनलाई कुन प्रजातिको सर्पले डसेको हो भन्ने यकिन भइसकेको छैन । सर्पले डसेपछि गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा राति १०ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।


संगालोखबर 


















