संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

तेह्रथुम । जिल्ला खेलकुद विकास समिति तेह्रथुमको बैंक खाताबाट किर्ते दस्तखत गरी लाखौँ रकम हिनामिना गरेको आरोपमा समितिका पूर्व अध्यक्ष राजेन्द्र बराल पक्राउ परेका छन् ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिवको नक्कली दस्तखत प्रयोग गरी बैंक खाताबाट रकम गैरकानुनी रूपमा निकासा गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

बरालले नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट २५ लाख ७९ हजार ६ सय ९६ रुपैयाँ किर्ते दस्तखत मार्फत अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सोही आरोपमा उनीविरुद्ध गत असार ४ गते बिहीबार जिल्ला प्रहरी कार्यालय तेह्रथुममा दस्तखत किर्ते सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएकै दिन तेह्रथुम जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोलीले बिहीबार साँझ ५ः३० बजे बराललाई पक्राउ गरेको हो ।  पक्राउ परेका बराललाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!