संगालोखबर
तस्बिर : एआईको सहयोगमा

झापा । झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पाडाजुंगी-गौरीगन्ज भित्री पक्की सडक खण्डअन्तर्गत गौरादह नगरपालिका–१ नवदुर्गा पेट्रोल पम्पअघि गएराति भएको दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार डिपु चोकबाट पेट्रोल पम्पतिर जाँदै गरेको प्र १-०१-००१ क ११८८ नम्बरको टिफरको ठक्करबाट साइकल यात्री गौरादह-४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा परेर गम्भीर घाइते भएका गुरागाईंलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

टिपर चालक गौरादह-१ का ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!