संगालोखबर


विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले प्रसूति शल्यक्रियामा विशेष सहुलियत दिने भएको छ । स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसरमा अस्पतालले न्यून आय भएका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित प्रसूति शल्यक्रियामा सहुलियत घोषणा गरेको हो ।

अस्पतालले शल्यक्रियामार्फत दम्पतीको पहिलो सन्तान जन्मदा २४ हजार ९ सय ९९ रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै, शल्यक्रियामार्फत दोस्रो र तेस्रो सन्तान जन्माउँदा ३६ हजार ९ सय ९९ रुपैयाँ शुल्क निर्धारण गरिएको अस्पतालका संयोजक तेजस्वी मण्डलले जानकारी दिए ।

Advertisement

मुनाफा वितरण नगर्ने सामुदायिक अस्पताल भएकाले जीवन विकासले निजी अस्पतालभन्दा सहुलियत शुल्कमा उपचार गर्दै आएको छ । सफलतापूर्वक एक वर्ष पुरा गरेको यो अस्पतालले थप सेवा सुविधा विस्तारलाई तिव्रता दिएको छ ।

केही समयअघि आधुनिक एमआरआई र सीटीस्क्यान मेसिन प्रयोगमा ल्याएको अस्पतालले अब आँखा उपचार सेवा र मुटुको उपचारका लागि क्याथल्याव पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!