सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । प्रदेश प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रिय भूमिका रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका उनले यस्तो बताएका हुन् ।

कोशी प्रदेशमा पछिल्लो समय लागूऔषध बेचबिखन र यसका प्रयोगकर्ता बढ्दै गएको बताउँदै उनले यसको न्यूनिकरणका लागि प्रहरीले आफ्नो ठाउँबाट शसक्त भूमिका खेल्दै आएको बताए ।

Advertisement

प्रदेश भरका हिरासतमा ३ सय ३८ जना लागूऔषध कारोबारीका थुनुवा रहेका बताउँदै उनले छिमेकी देश भारतसँग खुल्ला सिमाना भएकाले लागूऔषध अत्याधिक मात्रामा भित्रिने गरेको उल्लेख गरे । तराई हुँदै पहाडमा पनि यसको प्रभाव अत्याधिक मात्रामा बढ्दै गएको उनको भनाइ थियो ।

लागूऔषध दुर्व्यसनमा १२ देखी १८ वर्षका बालबालिकाहरू बढी फस्ने गरेका उनले बताए । यसको नियन्त्रणका लागि प्रहरी लागिरहे पनि सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

उनले परिवारले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्ने बताउँदै लागूऔषध दुर्व्यसनमा सडक बालबालिका देखि धनी परिवारका पनि फस्ने गरेका सुनाए । यसका लागि विद्यालय, परिवार र समाजले विषेश ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

लागूऔषध दुर्व्यसनमा लागेका अधिकांश बालबालिका अभिभावकत्व नपाएका रहेका उनले बताए । सो अवसरमा सरोकारवालाले धनकुटामा लागूऔषध प्रयोगकर्ताको संख्या र गाँजा खेती बढ्दै गएको बताए ।

गाँजा खेती तथा ओसारपसारका कारण झुम्का, विराटनगर, उदयपुर र धनकुटाका जेल धनकुटाका युवाले भरिएकोले वैकल्पिक उपाय खोजी गर्नुपर्ने उनीहरूको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!