
विराटनगर । झापामा जंगली हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-४ की ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घरबाट बाहिर निस्किने क्रममा आज बिहानको राति ४ः५५ बजेतिर पौडेललाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । पौडेललाई आक्रमण गरेपछि हात्ती जंगलतर्फ लागेको छ । प्रहरीले जंगली हात्तीबाट सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

संगालोखबर 



















