
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित पटनाली जंगलबाट बेवारिसे गाँजा र मोटरसाइकल बरामद भएको छ । प्रहरीले १५ वटा बोरामा रहेको ४३० किलो गाँजा र को २४ प ६७४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
यस्तै लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । विराटनगर-१६ बाट धरान-१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी-१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका-९ का २४ वर्षीय दिपेन्द्र मोचे पक्राउ परेका छन् ।
उनीहरूलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित बराहक्षेत्र-१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 

















