
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सृजना टोलबाट लागूऔषध र नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय रवि श्रेष्ठ छन् ।
लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठाबाट लागूऔषध बरामद गरेको छ ।
उनको कोठाबाट ५ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर, एन १० लेखिएको १ सय ६३ सेतो ट्याब्लेट र ४५ हजार ९ सय रुपैयाँ नगद र १ थान तराजु बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















