
धनकुटा । धनकुटा नगरपालिका-६ वाघेखोलास्थित धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिरमा आयोजना गरिएको श्रीमद् मत्स्य महापुराणबाट एक लाख ७६ हजार दुई सय ९० रुपैयाँ संकलन भएको छ ।
आयोजक राधारानी मिलिजुली महिला समूहले पत्रकार सम्मेलन गर्दै पुराणको आयव्यय प्रस्तुत गर्दै रकम संकलन बारे जानकारी गराएको हो । पुराणमा कार्यालय, संघसंस्था, भक्तजन लगायतबाट सात लाख ६२ हजार ९५ रुपैयाँ आम्दानी भएको महिला समूहकी अध्यक्ष निरूता कटुवालले जानकारी दिइन् ।
जसमध्ये गुरु दक्षिणा, खाद्यान्न, टेन्ट तथा साउण्ड सिस्टम, इन्धन, यातायात लगायतमा पाँच लाख ८५ हजार आठ सय पाँच रुपैयाँ खर्च भएको छ । अध्यक्ष कटुवालका अनुसार सबै खर्च कटाएर एक लाख ७६ हजार दुई ९० रुपैयाँ बचत भएको हो ।
धर्मगंगा धाममा सामुदायिक भवन निर्माणका लागि आयोजना गरिएको पुराणमा विभिन्न क्षेत्रमा आवद्ध तथा समाजिक व्यक्तिहरूले नगद र निमार्ण सामाग्री सहयोग प्राप्त भएको छ ।
धनकुटा नगरपलिका-६ का गोपाल कटुवाल, दिवाकर दाहाल, कमल कार्की र धनकुटा नगरपालिका-९ का दीपक रायमाझीले व्यक्तिगत तर्फबाट भवनको लागि एक/एक कोठा निर्माण गरिदिने भएका छन् ।
त्यसैगरी नारायण विश्वकर्माले भवन निर्माणका लागि ५१ हजार बराबरको निर्माण सामग्री खरिद र नगद ११ हजार एक सय रुपैयाँ तथा अभिमाया चापागाँईले ५० हजार बराबरको निर्माण सामग्री र २५ सय रुपैयाँ नगद सहयोग गरेको आयोजकले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 

















