
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको जनाएको हो । सूचना अनुसार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीले फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाइएको छ ।
कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवाप्रवाहमा असर परेको भन्दै कार्यसम्पादनमा सुधार ल्याउन उक्त निर्णय गरिएको सानीभेरी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ । साथै सेवाग्राहीलाई आवश्यक सूचना तथा सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

संगालोखबर 

















