संगालोखबर


विराटनगर । झापाको दमक नगरपालिका-१० सेतुमाडी स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ । मृतक दमक नगरपालिका-८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारी रहेको खुलेको हो ।

शनिबार बिहान करिब ११ बजे पुलमुनि सेतो प्लास्टिकको बोरामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले बोरा खोलेर हेर्दा युवतीको शव फेला परेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीको हत्या गरी अन्यत्रबाट शव ल्याएर पुलमाथिबाट फालिएको आशङ्का गरिएको छ ।

प्रहरीका अनुसार रमा तिवारी गत जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो ।

शनिबार फेला परेको शवलाई उनका बुवा नारायण तिवारी र आमा मुना तिवारीले पहिचान गरेका हुन् । घटनाको प्रकृति गम्भीर रहेकाले प्रहरीले सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको वास्तविक कारण खुलाउने गरी विस्तृत अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!