सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकाकी एकमात्र अटो चालक महिला तृष्णा राईलाई नगदसहित सम्मान गरिएको छ । धनकुटा-७ टोमुवा निवासी राईलाई आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा छ हजार नगदसहित सम्मान पत्रले सम्मान गरिएको हो ।

नगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवा क्षेत्रमा एकमात्रै महिला सवारी चालकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै महिलाको रोजगारी र सशक्तिकरणमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

Advertisement

उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका उप-प्रमुख सावित्रा राई र धनकुटा नगरपालिका उप-प्रमुख भिमादेवी खनाल लगायतले नगदसहित सम्मान गरेका थिए ।

३६ वर्षीय राई विगत दुई वर्षदेखि सवारी चालकका रूपमा सक्रिय छिन् । उनी यसअघि धनकुटामा रहेको एक विद्यालयमा कार्यलय सहयोगी थिइन् । श्रीमान र ७ वर्षीय छोरासहित तीन जनाको परिवार छ ।

उनका श्रीमान दृष्टिविहीन छन् । श्रीमान हाल पाँचथर जिल्लामा शिक्षण पेशामा आवद्ध छन् । अटो चलाएर मासिक सरदर ३५ देखि ४० हजारसम्म आम्दानी हुने गरेको उनले सुनाइन् । ‘यो पेशाबाट सन्तुष्टि छु । तर केही चुनौति पनि छन्’, उनले भनिन्, ‘सडक पूर्वाधारका कारण जोखिम मोलेर सवारी चलाउनुपर्ने अवस्था छ ।’

उनले करिब ३ लाख ५० हजार रुपैयाँ लागतमा अटो खरिद गरेकी थिइन् । सोही अवसरमा महिला सीप विकास क्षेत्रमा लगनशील भएर प्रशिक्षकको रूपमा सक्रिय धनकुटा नगरपालिका-५ की रेणु श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना कार्यन्वयन इकाई धनकुटा नगरपालिकाले ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ आठौँ महिला अधिकार दिवस धनकुटामा मनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!