
विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित एकैदिन १५ जना पक्राउ परेका छन् । उनीहरूलाई झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरिएको हो ।
झापाको गौरीगञ्ज गाउँपालिका-२ बाट भारतकी रुकमणी देवी र उनकी छोरी कोमल कुमारी हरिजन पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले २० ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यस्तै मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका-५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका-७ की सरू कार्की डोली ३ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट सोही स्थानका चन्दन कुमार बहदार, प्रबिन बिक, अमर राई, आईत सिह तामाङ, समिर तामाङ र सुभराज राई प्रतिबन्धित औषधी ट्रामाडोल हाइड्रोक्लोराइड-२९० क्यापसुल, स्पास्मो-१५० ट्याब्लेट, एन्टिकोफ-१५० ट्याब्लेट र २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
भोक्राहानरसिंह गाउँपालिकाका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा र प्रतिबन्धित औषधी २५ ट्याबलेट सहित प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका-७ कि रचना राई र अरुणा बिक १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-२ का संजोग राई, जित बहादुर राई र पुस्पा प्रधान ६ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरूविरुद्ध सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


संगालोखबर 















