संगालोखबर


काठमाडौं । सुन्दर र आकर्षक देखिने चाहना कसलाई हुँदैन र ? ऐनामा अनुहार हेर्दा, समाजमा आत्मविश्वासका साथ उभिँदा वा जीवनका नयाँ अवसरहरू अँगाल्दा मानिस सधैँ आफूलाई अझ राम्रो, अझ सन्तुलित र अझ आकर्षक देखिन चाहन्छ ।

तर कहिलेकाहीँ शरीरका अङ्गहरूमा देखिने अनावश्यक गाँठागुँठी, दाग, कोठी, रौँ तथा विभिन्न प्रकारका छालासम्बन्धी रोगहरूले सुन्दर अनि आकर्षक देखिने मानिसको चाहनामा अवरोध पुर्याइरहेको हुन्छ ।

Advertisement

यही मानवीय चाहनालाई वैज्ञानिक र सुरक्षित ढंगले सम्बोधन गर्दै काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले यससम्बन्धी सम्पूर्ण रोगहरूको अत्याधुनिक उपचार पद्धति सञ्चालनमा ल्याएको छ ।

नेपाली काँग्रेसका युवानेता सुनील शर्माद्वारा काठमाडौंको सिनामंगलमा सञ्चालित केएमसी अस्पतालले छाला, कपाल तथा नङसँग सम्बन्धित रोगहरूको अध्ययन र अत्याधुनिक तरिकाले उपचार गर्ने चिकित्सा सेवा सञ्चालनमा ल्याएपछि यसबाट फाइदा उठाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

यसमा सामान्य एलर्जीदेखि लिएर जटिल छालाको क्यान्सर, फंगल इन्फेक्सन, सोरायसिस, एक्जिमा, डन्डीफोर, दुबीजस्ता समस्यासम्मको उपचार गरिन्छ । यसका लागि अस्पतालले विशेषज्ञ डाक्टरहरूसँगै करोडौँका अत्याधुनिक लेजर उपकरण भित्र्याएको छ । अनुहारमा भएका चाया-पोतो, चाउरी तथा ट्याटु हटाउन र दुबीको उपचारका लागि केएमसीले अत्याधुनिक लेजर प्रविधि प्रयोग गर्दै आएको छ ।

अनावश्यक स्थानमा उम्रेका रौँ मात्रै हटाइँदैन, कपाल झर्न रोक्ने उपचार पनि गरिन्छ । केही समयमै केएमसीले कपाल रोप्ने अर्थात हेयर ट्रान्सप्लान्ट सेवा पनि वैज्ञानिक र अत्याधुनिक उपकरणका माध्यमबाट सुरु गर्दैछ ।

निकै खर्चिलो मानिएको यो सेवा केएमसीले सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन लागेको हो । छालारोग विशेषज्ञ डाक्टर गरिमा रेग्मीका अनुसार अहिले केएमसीमा दैनिक सयौँको संख्यामा सेवाग्राही छालासम्बन्धी विभिन्न प्रकारका उपचारका लागि आउने गरेका छन् । महिला मात्रै नभएर अहिले छालाको उपचार गराउन आउने पुरुषहरूको संख्या पनि धेरै बढेको डा. रेग्मीको अनुभव छ ।

केएमसीमा प्लास्टिक सर्जरी सेवासमेत उपलब्ध भएकाले बिग्रिएका अंग, क्यान्सर उपचारपछि काट्नुपरेको मासुका भाग, दुर्घटनाबाट क्षतिग्रस्त भएका हातखुट्टा वा अनुहार सबैलाई सकेसम्म पूर्ववत् बनाउने काम पनि गरिन्छ ।

कतिपयको नाकको बनावट नमिलेको हुनसक्छ, कसैको ओठ वा गालाले अनुहारको सन्तुलन बिगारेको हुनसक्छ । कसैलाई स्तनको आकारले मानसिक रूपमा असहज बनाइरहेको हुनसक्छ । यस्ता अवस्थाहरूमा व्यक्तिको चाहना, शारीरिक संरचना र चिकित्सकीय मापदण्डलाई ध्यानमा राखेर अंगहरूको बनावट परिवर्तन समेत गर्ने गरेको अस्पतालले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!