संगालोखबर


झापा । झापामा स्कुल बसले किच्दा युकेजीमा अध्ययनरत बालकको मृत्यु भएको छ । दुर्घटनामा सर्जक एकता बोर्डिङ स्कुलमा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरियाको मृत्यु भएको हो ।

बुधबार साँझ करिब ५ बजे गौरादह नगरपालिका-७ स्थित भित्री पक्की सडक खण्डमा लाठीचौरबाट फगेटीतर्फ जाँदै गरेको सोही बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले बालकलाई किचेको थियो । प्रहरीका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

बसबाट ओरालेर गाडी अगाडि बढाउने क्रममा बालकलाई किचेको प्रहरीले जनाएको छ । बस चालक सोही स्थानका ५७ वर्षीय लालबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!