संगालोखबर


धनकुटा । धनकुटामा जारी १८ औं संस्करण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक टोली र सहलेश फुटबल क्लब सिरहाबीच भिडन्त हुँदैछ । आज दिउँसो तल्लो टुँडिखेलमा हुने खेलमा दुबै टोली जितको खोजीमा मैदानमा उत्रने छन् ।

बुधबार भएको खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ०-१ गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ६ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

Advertisement

वि.स. २०५५ सालदेखि सुरु भएको प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!