संगालोखबर


धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले सञ्चार क्षेत्रलाई सुव्यवस्थित गर्न सञ्चार प्रतिष्ठान गठन गरेर अगाडि बढ्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ धनकुटाले आयोजना गरेको चार दिने मोबाइल पत्रकारिता (मोजो) तथा मल्टिमिडिया आधारभूत पत्रकारिता तालिमको उद्‌घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।

Advertisement

प्रदेश सरकारले निती तथा बजेटमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सञ्चार प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको उनले बताए । प्रतिष्ठान गठन पश्चात् ऐन कानुनसँग सम्बन्धित रहेका कानुन बनाउने र सोही प्रतिष्ठान मार्फत बजेट कार्यान्वयन गर्ने प्रदेश सरकारको योजना रहेको उनले उल्लेख गरे ।

उनले प्रतिष्ठान गठन गरेर प्रदेशका निजी सञ्चार माध्यमलाई समेटेर संस्थागत रूपमा विज्ञापन तथा सूचनामार्फत आम जनतालाई सुसूचित गर्न लागि परेको धारण व्यक्त गरे । संघीय सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमलाई गरेको अन्याय प्रति कोशी प्रदेश सरकार विरोधमा रहेको उनले बताए ।

सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने निर्णयले निजी क्षेत्रका सञ्चारमाध्यम संकटमा परेको बताउँदै उनले यो निर्णय तत्काल फिर्ता गर्न संघिय सरकारलाई आग्रह गरे । यो निर्णयले आम विकास निर्माणका प्रचार-प्रसारमा समेत ठूलो असर पर्ने भएकाले तत्काल निर्णय सच्याउनुपर्ने उनको धारणा थियो ।

संघीय सरकारले गरेको निर्णयमा महासंघले गरेको आन्दोलनमा प्रदेश सरकारको पूर्ण समर्थ रहेको उनको भनाइ छ । उनले सञ्चारमाध्यमलाई आवश्यक साथ सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।

विज्ञान प्रविधिको विकाससँगै सञ्चारमाध्यमलाई अगाडि बढाउने कुरामा प्रदेश सरकारको पूर्ण समर्थन र सहयोग रहने उनले बताए । सञ्चारमाध्यमलाई समेटेर बजेट बनाउने र व्यवस्थापन गर्ने कुरामा कानून बनाउने प्रक्रियालाई प्राथमिकतामा राखेर अगाडि बढेको उनले बताए ।

पछिल्लो समय भ्रामक सूचनाको पछि दौडनेको संख्या बढिरहेको उल्लेख गर्दै उनले सही-गलत छुट्याएर अघि बढ्न आग्रह गरे । जनता र समाजलाई सही सूचना दिन सत्य र तथ्यमा आधारित रहेर पत्रकारिता गर्नुपर्नेमा उनले जोड दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले जेठ ९ देखि १२ गतेसम्म मोबाइल पत्रकारिता (मोजो) तथा मल्टिमिडिया आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!