संगालोखबर


धनकुटा । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको कोशी प्रदेशसभा अझै सहज रूपमा सञ्चालनमा आउन नसक्दा समस्या झेल्नु परेको बताएकी छन् ।

आज प्रदेश सभा सचिवालयको सहकार्यमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले उदयपुरको बेलकामा आयोजना गरेको बजेट निर्माण, सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय सङ्घीयता कार्यान्वयन विषयक तालिमको उद्‌घाटन समारोहमा बोल्दै उपसभामुखले यस्तो बताएकी हुन् ।

Advertisement

उपसभामुख दनुवारले जेनजी आन्दोलनमा आगजनीबाट तहसनहस र क्षतिग्रस्त बनेको प्रदेश सभा संचालनमा अझै पनि विभिन्न समस्याका झेल्दै आइरहेको बताइन् । प्रदेश सभा अझै पनि भाडा तिरेर बस्दा सरकारलाई नै आर्थिक बोज हुने उनको भनाइ छ ।

प्रदेश सभा मात्रै नभई आफू समेत कोठा भाडामा बस्नु परेकाले सबैसँग सहज तरिकाले भेटघाट गर्न नसकेको र सरकारको काम समेत सहज ढंगले गर्न नसकेको उनको गुनासो छ ।

यस्ता समस्याले बजेट बनाउन, प्रत्यक्ष जनतासँग भेटघाट, विकास निर्माण, कानुन बनाउन विभिन्न समस्या भोग्दै आउनु परेको बताइन् । प्रदेश सभामा भएका यस्ता धेरै समस्या समाधान नहुँदा जनतासँग नजिक भएर काम गर्न नसकेको बताउँदै उनले यसले विकास निर्माणमा ठूलो असर पुगेको उल्लेख गरिन् ।

फरक प्रसंगमा बोल्दै उपसभामुख दनुवारले पुराना जनप्रतिनिधिलाई बिना कारण लाञ्छना लगाउने प्रवित्ति बढ्दै गएको बताइन् । त्यस्ता व्यक्तिलाई खबरदारी गर्नु आजको मुख्य आवश्यक रहेको बताउँदै उनले कसैले एउटा गल्ती गरे उक्त गल्तीलाई टेकेर सबैलाई एउटै भाडोमा हाल्ने प्रवित्ति बढ्दै गएको गुनासो गरिन् ।

पछिल्लो समय बिना प्रमाण हल्लाको पछि लागेर अफवाह फैलाउने क्रम बढेको भन्दै उनले त्यसको पछि नलाग्न समेत सबैलाई आग्रह गरिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!