
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-२ सान्नेको एक परिवारले स्वर्गीय छोरीको नाममा विद्यालयमा सरस्वतीको मन्दिर बनाइदिएका छन् ।
पाख्रीबासको ओख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयमा स्वर्गीय छोरी शर्मिला अधिकारीको स्मृतिमा बुबा लालबहादुर र आमा चुनामाया अधिकारीले सरस्वतीको मन्दिर बनाइदिएका हुन् ।
अधिकारी परिवारले करिब दुई लाख लागतमा मन्दिर स्थापन गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् । मन्दिर निर्माण सम्पन्न भए पश्चात् विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद शर्मा र विद्यालय परिवारलाई हस्तान्तरण गरिएको अधिकारी परिवारले जनाएको छ ।
आफ्नी स्वर्गीय छोरी सोही विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेकाले उनैको नाममा मन्दिर स्थापना गरिदिएको बुबा लालबहादुरले बताए । उनका अनुसार छोरी शर्मिलाको २०७६ साल चैत्र २१ गते २१ वर्षको उमेरमा निधन भएको थियो ।


संगालोखबर 

















