
विराटनगर । तमोर करिडोर अन्तर्गत धनकुटा-पाँचथर सडक खण्डमा मिनीबस दुर्घटना भएको छ । धरानबाट फिदिमतर्फ जाँदै गरेको मिनिबस दुर्घट्ना हुँदा तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार प्रदेश १-०१-००१ ज ३९४९ नम्बरको मिनीबस आज बिहान करिब ९ः३० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ का २८ वर्षीय तेजबहादुर चेम्जोङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुल्न बाँकी छ ।

संगालोखबर 

















