संगालोखबर


विराटनगर । पाँचथरमा अंक र अक्षर लेख्न नसकेको निहुँमा चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले पक्राउ गरेको हो ।

वैशाख ३० गते बुधबार एलकेजीमा अध्ययनरत छात्र सेसेफुङ नेम्वाङलाई शिक्षिका सेन्दाङले लेख्न नजानेको भन्दै कुटपिट गर्दा बालकको ढाडभरि नीलडाम र चोट छ ।

शिक्षिका सेन्दाङविरुद्ध पीडित बालककी आमाले जाहेरी दर्ता गराएपछि पक्राउ गरेर शिक्षिका उपर ‘बालबालिकासम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

उनका अनुसार आइतबार जिल्ला अदालतबाट शिक्षिकाविरुद्ध पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार घटनापछि बालकलाई उपचारका लागि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पताल भर्ना गरिएको थियो ।

उपचारपछि अवस्था सामान्य भएपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!