
विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज सार्वजनिक बिदा दिएर बाँदर खेदिदैछ । किसानले मेहनत गरेर उब्जाएको बाली खाएर बाँदरले हैरान पारेपछि नगरपालिकाले बाँदर धपाउने अभियानका लागि सार्वजनिक बिदा नै दिएको हो ।
बाँदर खेदेर लालीगुराँस नगरपालिकाको सीमा कटाउन पालिकाले सबै वडाहरूमा आज र भोलि दुई दिन अभियान चलाउँदैछ । जसका लागि ठूलो संख्यामा जनपरिचालन गर्नुपर्ने भएकाले बिदा दिइएको नगद प्रमुख अर्जुन माबुहाङ बताउँछन् ।
बाँदर धपाउने काममा परिचालन हुन नगरपालिकाले सम्पूर्ण कृषक, जनप्रतिनिधि, कर्मचारी लगायत सबैमा आग्रह पनि गरेको छ ।
नगरवासीहरु गुलेली लिएर बाँदर धपाउन परिचालित भएका छन् । नगरपालिकाले यसअघि नै वडा नं.८ को मेघा पुच्छार, वडा नं.६ र वडा नं.८ को संगमस्थल नागेश्वरी र वडा नं.५ को सिङ्थापा पुच्छारमा अस्थायी संरचनासहित बाँदर रुङ्न हेरालु खटाइसकेको छ ।


संगालोखबर 




















