गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा बजारमा दिउँसै सुनको सिक्री लुटेर भागेका तीन जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका ६ का ३० वर्षीय धनबहादुर तामाङ, सोही पालिकाको वडा नं.१२ का ३२ वर्षीय सन्तोष तामाङ र वडा नं. १० का ३८ वर्षीय राजु तामाङ छन् ।

उनीहरूलाई गएराती धरानको एक होटलबाट नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । गत शुक्रवार दिउँसो धनकुटा नगरपालिका-७ स्थित मदनचोकमा सहिदभूमि-३ की विष्णुमाया राईको साथबाट एक तोला २ आना सुनको सिक्री लुटिएको थियो ।

आफूसँग विदेशी पैसा रहेको र सो पैसा साट्न बैङ्कमा गहना चाहिएको भन्दै विष्णुमायालाई सिक्रीको ६ लाख ५० हजार रकम दिन्छु भनी प्रलोभनमा पारेर सिक्री लग्ने व्यक्तिहरू त्यसपछि फरार भएका थिए । उनीहरु को हुन् भन्ने खुलेको थिएन ।

घटनापछि सीसीटीभी र फोन लोकेसनका आधारमा पछ्याएको प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरेर दुई दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो । धरान प्रहरीको सहयोगमा पक्राउ गरेर उनीहरूलाई धनकुटा ल्याइएको छ ।

उनीहरूले पेसेवर रुपमा यस्तो धन्दा गर्दै आएको हुनसक्ने प्रहरीको आशङ्का छ । यो विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!