
सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक आरोहीको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ का विजय घिमिरे विश्वकर्माको लेक लागेर मृत्यु भएको हो ।
सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए । उनलाई तत्काल आधारशिविरमा ल्याउन लागिएको थियो । पहिलो शिविरबाट तल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याडमा ल्याइएको छ । परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उनी यसअघि सगरमाथाको चुचुरोमा पुगिसकेका थिए । पछिल्लो समय आरोही ‘गाइड’को रूपमा कार्यरत थिए ।

संगालोखबर 




















