
धनकुटा । धनकुटा बजारबाट दिउँसै सुनको सिक्री लुटिएको छ । धनकुटा नगरपालिका–७ स्थित मदनचोकमा सहिदभूमि–३ की विष्णुमाया राईको साथबाट एक तोला २ आना सुनको सिक्री लुटिएको हो ।
आज दिउँसो करिब १२ः३० बजे घटना भएको हो । राईलाई बढी रकम दिन्छु भनी प्रलोभनमा पारेर दुई जना युवाहरूले सिक्री लगेर फरार भएको धनकुटाका प्रहरी प्रमुख एसपी सरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।
सिक्री लग्ने व्यक्तिहरूको तस्वीर बजारको सीसीटीभी क्यामेरामा पनि कैद भएको छ । उनीहरु बाइकमा चढेर भागेको देखिएको छ । घटनाको जानकारीपछि प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
भिडियो…

संगालोखबर 




















