संगालोखबर
सांकेतिक तस्वीर

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन् । २८ वर्षीया महिलाले दिएको जाहेरीको आधारमा वडाध्यक्ष बुढालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

पीडित महिलाले दत्तबहादुरले पटक-पटक धम्क्याउँदै आफूलाई बलात्कार गरेको जाहेरी दिएकी थिइन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!