संगालोखबर
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका-५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार दिउँसो उनीहरू घाँस दाउरा लिन गएका थिए ।  सोही बेला खुकुरी भिरबाट खसेको र त्यसलाई खोज्ने क्रममा चिप्लिएर करिब ३ सय मिटर तल खस्दा उनीहरूको मृत्यु भएको प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!