संगालोखबर

झापा । झापाको कचनकवल गाउँपालिका-३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र १-०१-००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।

Advertisement

दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र १-०१-०१३ प ३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन् । घाइते ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल-३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!