
सुनसरी । सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते भएका छन् । घाइते हुनेमा भोक्राहा नरसिंह गाउँपालिका-५ का ५५ वर्षीय गुमसागर मण्डल र बराहक्षेत्र नगरपालिका-१ की ५० वर्षीया फुलमाया मगर छन् ।
प्रहरीका अनुसार आज साँझ आएको हावाहुरीले घर नजिकको रूख ढाल्दा उनीहरु किचिएर घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य छ ।
हावाहुरीका कारण इनरुवाको जल्पापुर र भोक्राहा क्षेत्रको चिरौली चोकमा विद्युतको केही पोलहरू ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ ।

संगालोखबर 























