संगालोखबर
सांकेतिक तस्वीर

रूपन्देही । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा जिउँदो व्यक्तिलाई मृत घोषणा गर्दै झुटा विवरणका आधारमा मृत्यु दर्ता गराएको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

सो प्रकरणमा वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि नै घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका ३१ वर्षीय तारिख मियाँ अन्सारी र मृत्यु दर्ता मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पक्राउ परिसकेका थिए ।

Advertisement

प्रहरीका अनुसार अन्य सात जना साक्षी अझै फरार छन् । अनुसन्धानका क्रममा अन्सारीले आफ्नो बुवा भन्दै छिमेकी ६६ वर्षीय व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ताका लागि निवेदन दिएको खुलेको छ ।

तर ती व्यक्ति जीवित रहेको पुष्टि भएको छ । प्रहरीले अन्सारीका वास्तविक बुवाको भने २०६० सालमै मृत्यु भइसकेको जनाएको छ । घटनामा वडा कार्यालयकै मिलेमतो देखिएपछि वडाध्यक्ष र सचिवलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!