
प्युठान । प्युठानमा चट्याङ लागेर बाबु–छोराको मृत्यु भएको छ । गौमुखी गाउँपालिका-६ लिबाङका ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका छोरा २८ वर्षीय रामुको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी एक महिलाको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 























