
सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । गएराति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका जितेन्द्र कुमार यादवको मृत्यु भएको हो ।
उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक यादवमा उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरीले जनाएको छ । मृतक यादव बारा जिल्लाको पचरौता नगरपालिका-८ का स्थायी बासिन्दा हुन् ।

संगालोखबर 























