
धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको चोत्लुङ पार्कमा लालीगुराँस महोत्सव आयोजना गरिएको छ । गुराँसको राजधानी भनेर चिनिने तिनजुरे-मिल्के-जलजले अर्थात ‘टिएमजे’ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न वैशाख १० देखि १४ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
टीएमजे क्षेत्रको प्राकृतिक, संस्कृतिक र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले महोत्सव आयोजना गरेको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए । महोत्सवमा स्थानीय रैथाने खानपान, मौलिक कला र संस्कृतिको प्रदर्शन गरिएको छ । महोत्सवसँगै साहित्यिक गोष्ठी पनि आयोजना गरिएको छ । महोत्सवमा बैशाख ११ र १२ गते चित्रकला तथा प्रदर्शनी पनि गरिएको छ ।
महोत्सवमा चोत्लुङ पार्क, लिभिङ युमा म्युजियम तथा टिएमजे क्षेत्रसम्म लालिगुराँस अवलोकन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।



तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

संगालोखबर 























