संगालोखबर
सांकेतिक तस्वीर

नेपालगन्ज । बर्दियामा एम्बुलेन्सले ठक्कर दिँदा हजुरबुवा र नातिनीको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा गुलरिया नगरपालिका-५ का ५५ वर्षीय भूमि लामिछाने र उनको सात वर्षीय नाति रिहान्सको मृत्यु भएको हो ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका-७ स्थित तुलापुरमा उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Advertisement

योग शिविर चलिरहेको ठाउँमा जाँदै गरेको अवस्थामा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । घाइते दुवै जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!