
धनकुटा । धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले पीडित पक्षको उजुरीका आधारमा महालक्ष्मी नगरपालिका-६ का ४२ वर्षीय धनबहादुर गिरीलाई पक्राउ गरेको हो ।
गिरीले बालिकालाई बैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका थिए । पीडितको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षत्रीले जानकारी दिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए । बालिकाको घरमा कोही नभएको बेला गिरीले करणी गरेको पीडित पक्षको भनाइ छ ।
आरोपितलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिइएको हो । आरोपित र पीडित छिमेकी रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 























