संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-३ मा रहेको ग्रामथान मन्टेश्वरी स्कुलले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ग्रामीण भेगका स्थानीयलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो ।

शिविरमा करिब २ सय जनालाई निःशुल्क सेवा उपलब्ध गराइएको स्कुलका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले जानकारी दिए । शिविरमा परामर्शसँगै सामान्य औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

Advertisement

शिविरमा जनरल फिजिसियन तथा दन्त रोग सम्बन्धी सेवा उपलब्ध गराइएको थियो । शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई राहत प्रदान गरेको प्रिन्सिपल पौडेलले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!