संगालोखबर


धनकुटा । मानव अधिकार सामाजिक सचेतना र विकास केन्द्र (हुसाडेक) नेपाल धनकुटाको  अध्यक्षमा खेमराज थापा निर्वाचित भएका छन् । ३२ औं साधारणसभा तथा १६ औं अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, महासचिवमा रमेशचन्द्र अधिकारी, सचिवमा रोसी राई र कोषाध्यक्षमा कल्पी पौडेल चयन भएका छन् । सदस्यमा प्रमिला भुजेल र महाप्रसाद रिजाल चयन भएका छन् ।

Advertisement

अन्य चार जना सदस्य भने मनोनित गरिने महासचिव अधिकारीले जानकारी दिए । कार्यक्रममा मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष विदुर सुवेदीले मानव अधिकारको समग्र अवस्था र सामाजिक संस्थाले खेल्नु पर्ने भूमिकाबारे जानकारी गराएका थिए ।

एलायन्सका कोशी प्रदेश अध्यक्ष नीलबहादुर थापा, हुसाडेकका पूर्वअध्यक्ष गीता अधिकारी, निवर्तमान अध्यक्ष सरोज भुजेल लगायतले आ-आफ्ना धारणा राखेका थिए । हुसाडेक नेपाल जिल्लाकै एक अग्रणी संस्थाको रूपमा रहेको छ । उक्त संस्था २०५० साल बैशाख २८ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!