
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा एक बालकको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२ का हरि श्रेष्ठका अढाइ वर्षीय छोरा सोहनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अभिभावक र आफन्तसँग मन्दिर दर्शनका लागि आएका बालक फर्कने क्रममा बाटो अचानक बिरामी परेका थिए ।
उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालक निमोनियाबाट पीडित रहेको खुलेको छ ।

संगालोखबर 


















