
झापा । झापाको कचनकवल गाउँपालिका-४ केचनामा सीटी सफारी र भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-४ का ५० वर्षीय सुकदेव गणेशको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार सोमबार साँझ बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर ११ सी ३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००२ ह ६४११ नम्बरको सीटी सफारी एकआसपमा ठोक्किएका थिए ।
प्रहरीले सीटी सफारी चालक कचनकवल-४ का अन्दाजी १९ वर्षीय सैजय मियाँलाई नियन्त्रणमा लिएको छ ।

संगालोखबर 


















