संगालोखबर


धनकुटा । कोशी प्रदेश सरकार मातहत सञ्चालनमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३ सय बेडको स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।

धनकुटा जिल्ला अस्पताललाई विश्वविद्यालयको साझेदारीमा शिक्षण अस्पतालका रूपमा विकास गर्ने विषयमा शनिबार छलफल भएको हो । जिल्ला अस्पतालको स्तर वृद्धि गरी विशेषज्ञ सेवा सञ्चालन गर्ने लक्ष्यका साथ यो प्रक्रिया अगाडि बढाइएको हो ।

Advertisement

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति सुवास श्री पोखरेलका अनुसार यस परियोजनाका लागि करिब ३ सय रोपनी जग्गा र ८ अर्ब रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने देखिएको छ ।

योजना अनुसार काम अघि बढेमा आगामी आर्थिक वर्ष २०८३/०८४ देखि नै सेवा सञ्चालन गर्न सकिने लक्ष्य राखिएको छ । अस्पतालमा बाल रोग, स्त्री रोग, न्युरो र मुटुरोग लगायतका जटिल तथा विशेषज्ञ उपचार सेवाहरू उपलब्ध हुने बताइएको छ ।

छलफल कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले धनकुटासहित पूर्वी पहाडी जिल्लाका नागरिकका लागि विशिष्ट स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउन यो परियोजना कोसेढुङ्गा सावित हुने बताए ।

उनले सेवा सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक समन्वय र जोड रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्य निरन राई, अस्पताल विकास समितिका संयोजक निरेन तामाङ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!