संगालोखबर


सोलुखुम्बु । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका-८ केरुङमा वर्षासँगै परेको चट्याङ लागेर १७ वटा बाख्रा मरेका छन् ।

जङ्गलमा चराउन लगिएको अवस्थामा चट्याङ पर्दा बाख्राहरूको घटनास्थलमै मृत्यु भएको हो । वडाध्यक्ष पासाङ कटवालका अनुसार स्थानीय किसान टेकराज श्रेष्ठका बाख्राहरू मरेका हुन् ।

Advertisement

वर्षा र मेघगर्जनसहित परेको चट्याङका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि किसान श्रेष्ठलाई ठूलो आर्थिक क्षति पुगेको छ । बाख्रा चराउन गएका गोठालो भने सुरक्षित रहेको बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!