संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुरको बेलका नगरपालिका-४ हरिपुर शिवबारीमा स्कुल बसबाट खसेर ९ वर्षीय बालकको मृत्यु भएको छ । बेलका बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बसबाट खसेर आज दिउँसो सोही स्कुलमा अध्ययनरत सफल बस्नेतको मृत्यु भएको हो ।

गुडिरहेको बसबाट एक्कासि खसेका बस्नेतको घटनास्थलमै मृत्यु भएको उदयपुरका प्रहरीका सूचना अधिकारी डीएसपी निरञ्जन थापाले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले चालक बेलका-८ का ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएको छ । चालकको असावधानीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै आज नै मदनभण्डारी लोकमार्गको कटारी-गाईघाट सडक खण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका-६ नेपालटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा खोटाङको बराहापोखरी गाउँपालिका-५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!